४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

बन्चरोले हानेर श्रीमतीको हत्या

२९ साउन, हेटौँडा । मकवानपुरमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

कैलाश गाउँपालिका-५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेका हत्या गरेका वडाध्यक्ष छेकु लामाले बताए ।

मानसिक रोगको औषधि सेवन गरेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरी हत्या गरेको उनको भनाई छ ।

हत्याबारे छिमेकले प्रहरीलाई खबर गरेसँगै प्रहरीले मंगलबहादुरलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्