३ आश्विन २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

आज सार्वजनिक बिदा

२९ साउन, लमजुङ । लमजुङकाे क्व्होलासोथार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिममा सांस्कृतिक पर्वको रुपमा मनाउने ट्होटे पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गत शनिबार बसेको कार्यपालिकाको बैठकले आज ट्होटे पर्व मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

उनकाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका वडा कार्यालय, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, बैंक, वित्तीय संस्था, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था र अन्य सङ्घ संस्थामा स्थानीय बिदा दिइएको उनको भनाइ छ ।

ट्होटे पर्व मनाउने गुरुङ समुदायलाई गाउँपालिकाले शुभकामनासमेत व्यक्त गरेको छ । पालिकामा गुरुङ समुदायको बाहुल्यता रहेको छ । जिल्लाका गुरुङ समुदायले ट्होटे पर्व धुमधामका साथ मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्