९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

ठूलो दल बनेर सरकार चलाएर देखाउन गगन थापाको रास्वपालाई चुनौती

२९ साउन, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए ।

उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइदैँन् । सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ । विधिको शासनमा चल्नु पर्छ । सरकारले यहाँ आएर स्पष्ट पानुपर्छ । विजुली प्रयोग गरेको छैन् भने अन्याय हुन दिदैनौ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनु पर्छ ।’

यसको साथै, उनले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनु पर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले संसदसम्म ल्याउछौ तर मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुदा महिला छुटाई हाल्छौ । हामी जुनसुकै पार्टीको होस दलित छुट्टाइ हाल्छौ । यो भन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नु भयो तर उहाँ कै मन्त्रिमण्डलमा हामीले दलित छुट्टायौं । हामी यति सम्म गर्छौ कि दुई वटा पार्टी मिलेर गठबन्धन गर्दै गर्दा राष्ट्रपति र उपराष्ट्रपति दुइजना नै पुरुष बनाउँछौँ । गाँउपालिकामा मौका मिल्ना साथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ । प्रदेशका सरकार यसैगरी चलाउने हो ? हामी संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउने कि नबनाउने, संघीयता योभन्दा राम्रो बनाउने हो ।’

उनले रास्वपाले ०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउदा हुने बताए ।

उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होईन् । अहिले रास्वपाको त दाबी छ ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौ कांग्रेस र एमालेलाई बढार्छौ । ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउने ।’

प्रतिक्रिया दिनुहोस्