९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ : सोबिता गौतम

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने विधेयक छिटो अगाडि बढाउनुपर्ने बताइन् ।

साउन २३ गते नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । साउन ९ गते त्रिभुवन विमानस्थलभित्रै जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

आफूले नेपालको हवाई क्षेत्रको यात्रा सुरक्षित गर्नुपर्ने भनेर संसदमा ६ पटक बोलिसकेको उल्लेख गर्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने कानुन बनाउनुपर्ने बताइन् । यो विषय सम्बन्धित मन्त्रीलाई भनेको तर, विधेयक संसदमा नआएको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

‘मन्त्रीहरु पटक पटक फेरिनुभयो तर, विधेयक संसदमा आएको छैन’ उनले भनिन् । नेपालको नियामक निकायको रेगुलेटरी फेलियर भएको उनले बताइन् ।

विमानस्थल निर्माण गर्न प्रस्ताव आउने बनाउने गरेको तर, हवाई यात्राको सुरक्षाका लागि पर्याप्त खर्च गर्न नसकिरहेको बताइन् ।

इयुको कालोसूचीमा पर्नु, आइकाओले अडिटमा एकदमै कम नम्बर दिनुले पनि नेपालको हवाई क्षेत्रको रेगुलेटरी फेलियर भइसकेको देखाउने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्