३१ भाद्र २०८१, सोमबार
कर्पोरेट खेलकुद मुख्‍य समाचार समाचार

केएमसी टीयु बीसीए फुटसल प्रतियोगिता ३१ साउनदेखि, २४ बढी टिम सहभागी हुने

२९ साउन, काठमाडौं । काठमाडौं मोडेल कलेजको आयोजनामा केएमसी टीयु बीसीए फुटसल कप–२०८१ आयोजना हुने भएको छ ।

३१ र ३२ साउनमा आयोजना हुने प्रतियोगितामा २४ भन्दा बढी कलेजका टिमहरू सहभागी हुने कलेजले जनाएको छ ।

प्रतियोगिताले नेपालभरिका बीसीए विद्यार्थीको उत्साह र खेलप्रतिको लगावलाई झल्काउने विश्वास कलेजको छ ।

यो प्रतियोगिताको मुख्य उद्देश्य त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बीसीए विद्यार्थीमा खेलप्रतिको रुचि, जोश, र समर्पणलाई प्रोत्साहन गर्नु रहेको कलेजले जनाएको छ ।

प्रतियोगितामा विजेता हुने टिमले ७० हजार रुपैयाँ नगद , ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र हात पार्ने कलेजले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई समान २ हजार रुपैयाँ नगद र ट्रफी पाउने छन् ।

प्रतियोगितामा खेल भावना प्रदर्शन गर्ने टिमलाई ‘सर्वोत्तम खेल भावना टिम’ को रूपमा सम्मान गरिने कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्