९ आश्विन २०८१, बुधबार
बैंक–वित्त मुख्‍य समाचार राजनीति समाचार

भदौ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधि सभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गरे ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्