९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

रास्वपाले पूर्वमहामन्त्री ढकाललाई सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पूर्वमहामन्त्री मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

रास्वपाबाट ढकाललाई प्राप्त पत्रअनुसार पार्टीको साधारण सदस्यबाट किन ढकाललाई निष्कासन नगर्ने भन्दै २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।

यसअघि नै ढकाललाई पार्टीको महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ताको पदबाट हटाएको रास्वपाले बुधबार पत्राचार गर्दै स्पष्टीकरण सोधेको हो ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सोधेको स्पष्टीकरणमा भनिएको छ,‘पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईँलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्नेरु तपाईँको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेस गर्नुहुन सूचित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्