४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बेहुली खोज्दै पोखरा आएका चिनियाँसहित तीन जना पक्राउ

३० साउन, काठमाडौं । नेपाली युवती बिहे गर्न पोखराका आएका एक चिनियाँसहित तीन जना पक्राउ परेका छन् । १४ वर्षीय किशोरीसँग जर्बजस्ती बिहे गर्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक झि मिङ चेन, पोखराका सरु विक र लमजुङकी भगवती अधिकारी छन् ।

उनीहरुले एक किशोरीलाई पोखराको लेकसाइडस्थित होटल मिराकलमा राखी सो चिनियाँसँग बिहे गराउने प्रयास गरेका थिए । पछि बालिका भागेर प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरी होटलमा गएर उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविद्ध मानव बेचबिखनको कसुरमा कारबाही अघि बढेको प्रहरीले जनाएको छ ।

चिनियाँहरु बिहेका लागि युवती खोज्दै नेपाल आउने गरेका छन् । बिहे गरेर गएका कतिपय युवतीको उद्धार समेत गर्नुपरेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्