डडेल्धुराका प्रमोदको ह्रदयघातका कारण भारतमा निधन
३१ श्रावण,डडेल्धुरा । डडेल्धुराका एक जनाको भारतमा निधन भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय प्रमोद जोशीको भारतको सिक्किममा मृत्यु भएको हो।
इञ्जिनियरसमेत रहेका जोशीले हालको संसद भवन अर्थात् त्योबेलाको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणको काम गरेका थिए। त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए।
प्रतिक्रिया दिनुहोस्