३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

साउदी सुपर कप : उपाधिका निम्ति भिड्ने भए हिलाल र नासर

३१ श्रावण,  काठमाडौँ । साउदी सुपर कपको फाइनल खेलमा अल–हिलाल र अल–नासरबीच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ । बुधबार राति सम्पन्न खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै नासरले फाइनल यात्रा तय गरेसँगै दुईको भेट निश्चित भएको हो ।

हिलाल भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अल–अहली साउदीलाई पेनाल्टी सुटआउटमा ४–१ ले स्तब्ध पार्दै उसले फाइनल यात्रा सुनिश्चित गरेको हो ।

नासरलाई फाइनलमा पु–याउन आयमन याह्या र क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

खेलको इन्जुरी समयमा मार्सेलो ब्रोजोभिकले रातो कार्ड पाएपछि नासर १० खेलाडीमा खुम्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्