९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगे

३१ साउन, काठमाडौं । भारतकै प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगेका छन् । अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा प्रवचन सुनाउनका लागि गुरु कालिदास बाबा नेपाल आएका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैपशुपति कोटीहोम सामेल हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपालमा पाँच दिनसम्म रहने पनि जानकारी दिए ।

उनले भने,‘मलाई यहाँ आउँदा एकदमै खुःसी लागेको छ । म यहाँ ४–५ दिन रहने छु ।’उनलाई सञ्चारकर्मीहरुले हिन्दीमा नै प्रश्न गरेका थिए, तर उनले जवाफ दिँदै भने,‘म नेपाली हुँ । म नेपालीमा नै बोल्छु ।’

उनलाई श्री १००८ बाबा कालिदास कृष्णानंदन परमहंस जी महाराज धार्मिक नामले बोलाउने गरिन्छ । उनी नेपाली मुलका भारतीय हिन्दु धर्मगुरु हुन् ।

प्रतिक्रिया दिनुहोस्