३१ भाद्र २०८१, सोमबार
अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

३१ साउन, जुम्ला । जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् ।

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०,कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन् । गत आवमा रु २४ लाख राजस्व सङ्कलने भएको छ ।

यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका दुई सय चारजनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्