९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार

प्रदेश वन निर्देशनालयको भवन निर्माण

३१ साउन, जनकपुरधाम । मधेश प्रदेश वन निर्देशनालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तथा मधेश प्रदेशका वन तथा वातवरणमन्त्री त्रिभुवन साहले आज एक समारोहबीच जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उक्त भवनको उद्घाटन गरे ।

करिब दुई कठ्ठा जमिनमा निमार्ण सम्पन्न भएको सो कार्यालय भवन तीन तलाको रहेको छ । तीन तले सो भवनमा एक सभाहलसहित २१ कोठा रहेका छन् । रामजानकी निर्माण सेवा जनकपुरधामले रु पाँच करोड चार लाख १९ हजारको लागतमा भवन निर्माण गरेको निर्देशनालयका प्रमुख जगन्नाथप्रसाद जयसवालले जानकारी दिए । भवन निर्माण गर्ने क्रममा तीन पटक म्याद थप गरिएको थियो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशअन्तर्गत वनक्षेत्रको विकास एवम् संरक्षण गर्न मधेश प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रम कार्यावन्यन गर्न तथा गराउन सबैलाई आग्रह गरे । यस्तै प्रदेश वन तथा वातावरण मन्त्री त्रिभुवन साहले वातावरण संरक्षण गर्न वन संरक्षण आवश्यक भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्