४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

थाइल्यान्ड : फेउ थाई पार्टी प्रधानमन्त्रीको नयाँ उम्मेदवार चयन गर्ने छलफलमा

३१ साउन, थाइल्यान्ड । थाइल्यान्डका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीले बिहीबार प्रधानमन्त्रीका लागि उम्मेदवार चयन गर्न बैठक बोलाएको छ ।

थाइल्याण्डको संवेधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि नयाँ उम्मेदवारी चयनको पहल थालिएको हो ।

थाइल्याण्डको संवैधानिक अदालतले ६२ वर्षीया स्रेथाले फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेर पदीय दायित्वको उल्लङ्घन गरेको ठहर बिहीबार गरेको हो । थाक्सिनसँग सम्बन्धित पूर्व वकिल पिचित चुएनबानको नियुक्तिका कारण श्रेतालाई बर्खास्त गरिएको थियो । सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएका पिचितले श्रेतालाई बचाउन मुद्दा दायर भएपछि मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए ।

नयाँ प्रधानमन्त्रीको चयनका लागि शुक्रबार बिहान १० : ०० बजे संसदको बैठक बस्नेछ ।

कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका थाक्सिनको चुनावी बाहन स्रेथाको फेउ थाई पार्टी थाइल्यान्डमा हाल सत्तामा रहेको ११ पार्टीहरूको शासकीय गठबन्धनको सबैभन्दा ठूलो सदस्य हो । गठबन्धनमा कुनै समय सिनावात्राको कटु प्रतिद्वन्द्वी रहेका राजावादी र सेना समर्थक सङ्गठन पनि समावेश छन् ।

पार्टीले बिहीबार आफ्ना दुई योग्य उम्मेदवारमध्ये पूर्व न्यायमन्त्री चाइकासेम नितिसिरी वा थाक्सिनकी छोरी पेतोङ्टार्न सिनावात्रालाई स्रेथाको विकल्पका रूपमा चयन गर्नेछ ।

फेउ थाईका महासचिव सोरावोङ थिएन्थोङले गठबन्धनका साझेदारहरूसँग आफ्नो छनौटबारे छलफल गर्ने पत्रकारहरूलाई बताए ।

संवैधानिक अदालतबाट पदमुक्त हुने श्रेता पार्टीको तेस्रो प्रधानमन्त्री हुनुहुन्छ र एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त हुनुभएको छ ।

थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ । अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिह्नित गरेको छ । यो अवधिको अधिकांश समय सेना र राजावादी समर्थक संस्थापनद्वारा उनीहरूको बेटे नोयर थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीविरुद्ध लामो समयसम्म चलेको युद्धले बढावा पाएको छ ।

१५ वर्ष स्वनिर्वासनमा बिताएर गत अगस्टमा थाइल्यान्ड फर्केका पूर्वप्रधानमन्त्री स्रेथाले थाक्सिन र उहाँका अनुयायीहरूको कडा विरोध गर्ने सेनासमर्थक पार्टीहरूसँग गठबन्धन गरेर सत्ता सम्हालेका थि ।

यो समयले लामो समयदेखिको कलहमा युद्धविरामको सङ्केत गरेको फेउ थाइ पार्टी तथा यसका सेनाप्रति बफादार समूहको गठबन्धन नेताहरूको बुझाई छ । दुबै पक्षले गत वर्षको चुनावमा लोकप्रिय मत प्राप्त गरेको नयाँ मुभ फरवार्ड पार्टी (एमएफपी) लाई सरकार गठन गर्नबाट रोकेको थियो । उनीहरूको बुझाइमा एमएफपी थाइ संस्थापन पक्षको लागि उत्पन्न नयाँ खतरा थियो ।

सन् २०१४ मा भएको ‘कू’ मा निर्वाचित फु थाई सरकारलाई अपदस्थ गर्ने सैन्य जुन्टाले नियुक्त गरेका ४० जना पूर्व सिनेटरले श्रेथाविरुद्ध मुद्दा दायर गरेका थिए ।

सिनेटले गत वर्षको चुनावपछि एमएफपीलाई अवरुद्ध गर्न पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।

एमएफपीले कानुनमा सुधार गर्ने र शक्तिशाली व्यापारिक एकाधिकार तोड्ने प्रतिबद्धताबाट आत्तिएका सिनेटरहरूले नेता पिता लिम्जारोनेरातलाई प्रधानमन्त्रीमा अनुमोदन गर्न अस्वीकार गरे र पार्टी विपक्षमा जान बाध्य भयो ।

अदालतले गत हप्ता एमएफपीलाई विघटन गर्दै पिता र यसका मुख्य अधिकारीहरूलाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्