Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

रासस
8 महिना अघि

३१ साउन, काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएका हुन्।

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् ।

ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे। आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दै छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया