३१ भाद्र २०८१, सोमबार
पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : मन्त्री पाण्डे

३१ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको बताएका छन् । तर यसबर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी पनि गराएन ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी गराएका हुन् ।

त्यस्तै उनले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने पनि बताए । उनले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए ।

उनले सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम, इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको बताए । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्