४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बलात्कार र मानव बेचबिखन ओसारपसारका प्रतिवादी पक्राउ

३१ साउन, काठमाडौ । बलात्कार र मानव बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका ३४ वर्षीय पारस भनिने दीपक कुमार बस्नेत छन् ।

बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार अनामनगरबाट पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत विराटनगरबाट ५ मंसिर २०८० मा १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । फैसला कार्यान्वयका लागि ललितपुर जिल्ला अदालतमा पठाइएको सीआईबीले जनाएको छ ।

२१ मंसिर २०७६ मा उनले एक युवतीलाई विवाह गर्न नमाने दुरुत्साहनामा फसाइदिने भन्दै धम्की दिएको र डर देखाउँदै पटक पटक बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

पछि विवाह गरे भारतमै घरजम गरौं भन्दै बेचबिखन गर्ने उदेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा १९ पुस २०७६ मा साना हात नेपाल संस्थामार्फत उक्त युवतीको मोरङको सीमानाकाबाट उद्दार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्