१४ मंसिर २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

बहराईनबाट सुन लिएर आएकी जानुका विमानस्थलबाटै पक्राउ

३१ साउन, काठमाडौं । करिब ५० दुईवटा सुनको सिक्रिसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–५ स्थायी वतन भएकी ३१ वर्षीय जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ स्थायी वतन भएका २२ वर्षीया नारायण थापा रहेका छन् । एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा सुनसहित फेला पारीदुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको प्रहरीले जनाएको छ । ५० ग्रामसम्म सुनका गहना महिलाले भन्सार नतिरी ल्याउन पाउने सुविधाको दुरुपयोग गरी तस्करी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्