४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कुलमानको गुनासो– लोडसेडिङ हुँदा खुसी हुनेले मेरो विरोध गरे

३१ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् ।

प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको उल्लेख गरे ।

“केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसाब किताबप्रति आशंका व्यक्त गर्ने गरेको देखिन्छ । महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ,” उनले प्रश्न गरे ।

प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । त्यस्तै, आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु सुखद् विषय भएको धारणाा राखे ।

नेपालको विद्युत् क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विद्युतीय गाडीहरू सञ्चालन हुन थालेको उनको भनाइ थियो । घिसिङले वितरण, प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले एक खर्ब लगानी गरेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्