४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

आज राति भारी वर्षाको सम्भावना

३२ साउन, काठमाडौँ । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा केही  स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैबीच, पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी,  बागलुङ, पर्वतमा वर्षा भएको छ ।

गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।

जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।

विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने निस्ती खोला लगायत अन्य स–साना खोलामा बहाव केही बढ्नसक्ने बताएको छ । त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्