ठगको माया जालबाट उम्केकी उनी !
एक दिनको कुरा हो जब मेरो जागिर (हनुमान ढोका सार्दुल जंग गुल्ममा) एक बर्षको लागि खेलाडीको रुपमा अटेजमा थिए। त्यसबेला घर बिदा आएर काठमाडौ जानको लागि सदरमुकाम उदयपुर गाइघाट बाट नाइट गाडी चडेर लगभग दिउँसोको ४ बजेतिर काठमाडौको लागिमा चडे।
गाडीमा जाँदै गर्दा जलजले ढाटबाट एउटि सानो झोला बोकेकी कुर्था सरवाल लगाएकी गोरि राम्री केटी गाडीमा चडेर मेरो सिट छेउमा बसिन। त्यसबेला आजको दिनहरू जस्तो डिजिटल मोबाइल थिएन भए पनि भर्खर भर्खरै नोकिया मोबाइल आको थियोे। समय बिताउनको लागि मैले हातमा पत्रीका बोकेर पढ्दै थिए र उन केटीले बारम्बार यताउता हेर्दै थिइन। उनले बारम्बार मलाई पनि हेर्दै थिइन।
मैले पत्रीका राख्दै भने: तिमी कहाँसम्म जाने हो ?
केटीले भनिन: म काठमाडौ सम्म जाने हो। अनि तपाईं कहाँसम्म जानुहुने हो?
मैले भने म काठमाडौ सम्म जान्छु। अनि तिम्रो सिट यही हो कि कुन हो, टिकट लेकि छौँ? टिकट काटेकी छुइन हजुरको नजिक खाली देखे त्यसैले आएर बसेकी हुँ। अहिले कन्टेक्टर आएपछि टिकट लिन्छु।
मैले भने हुन्छ बसिराख अहिले कन्टेक्टर आएपछि काट्नु भने।
मैले भने: तिमीले काठमाडौमा के गर्छौं?
केटी: केही गर्दिन।
मैले भने: मैले भन्न खोजेको पढ्छौ कि के गर्छौ? हजुर म ११ मा पढ्छु।
मैले ए, ए ठिक छ भने। अनि तिम्रो घरमा कतिजना परिवार हुनुहुन्छ।
केटीले भनिन: ममि बाबा भाइ बहिनी हुनुहुन्छ। केही समयपछि उनले मोबाइल निकालिन र मोबाईल अन गरिन र कोहीसँग कुरा गरिन।
उता को थियोे कोसँग कुरा गरिन त्यो त मलाई थाहा भएन तर केटीले म बर्दिबासमा आइपुगे भनेर आफ्नो लोकेशन दिदै थिइन्।
मैले भने: बुबासँग कुरा गरेको हो, बसपार्क देखि रिसिभ गर्नको लागि।
केटी: हजुर होइन, बुबा त गाउँमा हुनुहुन्छ।
मैले त्यसोभए दाजुभाइसँग कुरा गरेकी हौला।
केटी: होइन उ.. मेरो.. उ.. थियोे।
मैले उ को मतलब? मलाई त तिम्रो बिबाह भाको जस्तो लाग्दैन।
केटी: हजुर, अहिले त भाको छैन २/३ दिनमा हुन्छ।
मैले ए बुझे भनेपछि प्रेम बिबाह गर्दै छौ हो। केटी मुस्कुराउन थालीन।
मैले भने: केटाले के काम गर्छ? काठमाडौमा जागीर गर्छ र उसले मलाई पनि जागिर लगाइदिन्छु भनेर भनेको छ, त्यसपछि हामी दुई राम्रोसँग मिलेर बस्छौं।
मैले भने: केटो धेरै बाठो रहेछ।
केटीले भनिन: हजुर धेरै बाठो हुनुहुन्छ र धेरै राम्रो स्वाभावको पनि हुनुहुन्छ।
मैले भने: मैले पनि प्रेम बिबाह गरेको हुँ। केटीले उत्सुकतापुर्वक तपाईंले पनि भागेर बिबाह गर्नुभाको हो?
मैले: होइन भने। मैले जुन केटीलाई मन पराउँथे उनले पनि मलाई भागेर बिबाह गरौ भनेर भनिरहेकी थिइन, तर उनलाई मैले हुँदैन भने, मैले तिमीलाई माया त गर्छु तर यसको मतलब यो होइन कि जुन आमाले हामीलाई ९ महिनासम्म आफ्नो गर्भमा राख्नुभयो र हाम्रो दिसा बिसाब साफ गर्नुभयो। जुन बुबाले हामीलाई औंला पक्डिएर हिड्न सिकाउनुभयो, हाट बजारदेखी हाम्रो लागि खेलौना किनेर ल्याइदिनुभयो..आफुले खाइ नखाई हामीलाई पढाइ लेखाई, लत्ता कपडा देखि बिरामी हुँदा रातभर जाग्गै बसेर हामीलाई हुर्काको बढाको कसरी चट्टकै बिर्सनु।
जुन हामीलाई यस लायकको बनाउन आफ्नो आधा उमेर बितानुभयो, उहाँहरुको इज्जत माटोमा कसरी मिलाउनु, गाउँ समाजको लागि उहाँ हरुको शिर कसरी झुकाइदिनु। म तिमीसँग बिबाह त गर्छु तर आमाबुबालाई मनाएर.. र एकदिन आमाबुबा मान्नुभयो र हाम्रो बिबाह भयो। मैले भने: तिमीले जसलाई प्रेम गर्छौं उसलाई तिम्रो घरपरिवारले चिन्छन, देखेका छन् कहिले बोलचाल भाको छ?
केटी: हजुर छैन, उसलाई कसैले चिन्दैनन।
मैले भने: तिमीले उसको घर देखेकी छौ, अनि उसको घर परिवारले तिमीलाई चिन्छन?
केटी: अहं मलाई कसैले चिन्दैनन र मैले उसको घर पनि देखेकी छैन।
मैले भने: फ्रड। तिमीसँग धोका हुँदै छ।
केटीले भनी: होइन उहाँ त्यस्तो खाल्को केटा होइन, उहाँले मलाई धेरै माया गर्नुहुन्छ।
एउटा कुरा भनौं, जसले प्रेम गर्छ उसले सिर्फ माया गर्छ उसले देखाउने कोशिश गर्दैन र कुनै अनुचित काम गर्नदेखी रोक्छ र गाली पनि गर्छ। र यो तिम्रो सुन्दरता रुप रंग हातमा सुनका बाला सुनको औँठी घाटीमा सुनको सिक्री सँग उसले प्रेम गर्छ।
केटी: होइन यो हुँदै होइन, उहाँले यस्तो गर्न सक्नुहुदैन।
मैले भने: तिमीलाई त्यस्तो लाग्छ भने ठिकै छ। तर मसँग तिम्रो केटोलाई एउटा परिक्षा लिने आइडिया छ। परिक्षा लिन चाहन्छौ?
केटी: कस्तो परिक्षा ?
मैले भने: उसलाई फोन गर र उसलाई भन कि मेरो आमाबुबाले मेरो बिबाह तपाईंसँग गराइदिन मान्नुभयो। र उहाँहरुले तपाईंको परिवार लिएर मलाई माग्न मेरो घरमा आउनु भन्नुभएको छ।र काठमाडौ मै मेरो काका काकी पनि हुनुहुन्छ उहाँहरुले पनि आखिर एकदिन बिबाह गरेर दिनुनै छ तैंले मन पराएकी केटोसँग बिबाह गर्दिन्छौ ताकि तिमीहरुको खुशीमा समाजमा हाम्रो मान सम्मान पनि रहिरहन्छ। त्यसैले तपाईंले आफ्नो आमाबुबालाई बोलाउनु।
मैले भने अनुसार केटीले फोन गरिन र केटोले उनको सबै कुरा सुनेर आगो भयो, र उसले भन्यो: “तँजस्ता केटी कति आए कति गए तैंले मलाई बेवकुब सम्झिन्छेस.. तैले मलाई पागल सम्झिन्छेस कि क्या हो.. भन्दै गाली गर्दै फोन काटिदियो।
केटीले फेरि फोन गरिन, फोन लागेन स्विचअफ गरिएको छ भन्न थाल्यो। अब उसको फोन कहिले लाग्दैन किनकि यस्तो केटाहरूले भिन्दाभिन्दै केटीलाई भिन्दाभिन्दै सिमकार्ड प्रयोग गर्छन् र विभिन्न प्रलोभनमा पारी बिहे गर्छु भनेर बोलाउँछ्न र सुन पैसा नसकुन्जेल सम्म होटलको कोठामा राखेर अन्तिममा केटीलाई अलपत्र पारेर भागेर आफ्नो ठाउँमा जान्छन्।
अब आफै सोच घरबाट भागेर आइसकेपछि यत्रोदिन केटासँग होटलमा बसेपछि कुन मुख लिएर घरमा जान्छौ ? अनि घर जानको लागि तिमीसँग पैसा पनि हुँदैन कसैलाई फोन गरौभने पनि तिम्रो मोबाइल बेचेर खाइसकेको हुन्छ। तिमीले आफ्नो समस्या घर परिवारलाई भन्न पनि सक्दैनौ ? अनि किन उसको पछि मरिहत्ते गर्छौं ? थाहा छ यस्तो अवस्था आएपछि केटीहरुले आत्महत्या गर्छन् नदिमा हाम फाल्छन र जुन तिम्रो घर परिवारलाई जिन्दगीभर तिम्रो बारेमा थाहा पनि हुँदैन। केटी रुन थाली..
मैले भने: ओहो किन रोएकी, अहिले तिम्रो केही बिगृएको छैन। अब एउटा काम गर आफ्नो घरमा फोन गर।
केटीले फोन गरि: हेल्लो बाबा। केटी रुन थाली।
बाबा: छोरी कहाँछेस ? हामी सबैजना नखाई कन तेरो बाटो हेरेर बसिरहेका छौँ।
केटी रुन थाली.. केटीले केही बोल्न सकिन।
मैले केटीको हातबाट फोन तानेर बुबालाई जवाफ दिए। दाजु नमस्कार तपाईंको छोरी र मेरो छोरी नमुना सँगै पढ्छन आज मेरो छोरीको जन्मदिन भएको भएर घरमा कसैलाई नभनी छोरी नेपालटार आइछिन, भोलि ८ बजे बिहान सम्म तपाईंको छोरी घरमा आइपुग्छे चिन्ता नगर्नुहोस् तपाइँहरू निर्धक्क सँग खाना खाएर सुत्नुहोस। मैले अघिल्लो स्टेसन हेटौंडा बसपार्कमा गाडी रोके र बस ड्राइभर सँग समन्वय गरे त्यसपछि काठमाडौबाट उदयपुर गाइघाट जाँदै गरेको गाडीमा गाडी भाडा ५०० दिएर केटीलाई घर फर्काइदिए।
। ****** साथिहरु आजको (चेतनामूलक) पोस्ट कस्तो लाग्यो… पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
प्रतिक्रिया दिनुहोस्