सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी
३२ साउन, काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।‘हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन् ।
प्रतिक्रिया दिनुहोस्