४ आश्विन २०८१, शुक्रबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

हिम पहिरोका कारण थामे गाउँ प्रभावित

३२ साउन, विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा गएको हिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ । हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ ।

दूधकोशी नदीमा आएको बाढीले केही घर र होस्टेल समेत बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती छन् तर अहिले सबै घरमा परिवार भने नरहेको प्रहरीले जनाएको छ ।

क्षति विवरण भने संकलन गरिने क्रम जारी रहेकाले घट्ना बारे विस्तृत विवरण आउन बाँकी छ । हिम पहिरोको फुटेर बाढी आएको भनियतापनि के कारण बाढी आयो भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्