४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

मोटरसाइकलले ठक्कर दिँदा ४ जना घाइते

३२ साउन, धनगढी । कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–४ बलियामा सुदूरपश्चिम प्रदेश ०१–०११ प ६०२९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी १९ वर्षीया अनिसा चौधरी र मोटरसाइकल चालक लम्कीचुहा–२ का २२ वर्षीय गोपाल ढकाल घाइते भएका हुन् । उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, लम्कीचुहा–४ मै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे९प २०५९ नम्बरको मोटरसाइकलको ठक्करबाट ५० वर्षीया चन्द्रा भण्डारी र चालक कोहलपुर नगरपालिका–२ का ३० वर्षीय सन्तोष शाही घाइते भएका छन् । दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्