२ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

आज धौलीगंगा बाँध खोलिदै, सतर्कता अपनाउन आग्रह

१ भाद्र, बैतडी । आज भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले परियोजनाको बाँध आज (शनिबार) विहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ ।

बाँध खोलेका वेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका अन्य नदी वारपार नगर्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्