३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

निमोनिया कति घातक ?

निमोनिया बच्चा र वयस्क उमेर समुहका लागि निकै घातक रोग मानिन्छ । निमोनिया लागेका बिरामीले समयमा उपचार नपाए अथवा हेल्चेक्राई गरे बिरामीहरुको ज्यानै जानसक्छ । सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ।

यदि उपयुक्त कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरी १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ। निमोनिया विभिन्न प्रकारका जीवाणुहरुको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो । यसले ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या ल्याउछ । यो रोग ब्याक्टेरिया, भाईरस र फङ्गीको कारणले लाग्ने गर्दर्छ ।

जोकोहीलाई पनि यो रोग लाग्न सक्छ । तर विशेष गरी दुई वर्ष मुनिका र ६५ बर्ष वा सो भन्दा बढी उमेरका वयस्कहरुमा र अझ केही जटिल स्वास्थ्य अवस्था भएकाहरु र धुम्रपान गर्ने मानिसहरुमा यसको उच्च जोखिम हुन्छ । यो रोग लागेका बिरामीहरुमा फोक्सोका कोषहरु सुनिने, श्वासप्रश्वासमा बाधा पुग्ने हुनसक्छ । केही भाइरसका प्रजातिहरुले कडा खालको निमोनिया गराउँदछ ।

धेरैजसो निमोनिया हामीले सास फेर्ने हावामा व्याप्त ब्याक्टेरिया तथा भाइरसका कारणले हुन्छ । ब्याक्टेरिया स्ट्रेप्टोकोकस निमोनी धेरैजसो भेटिने निमोनियाको कारक ब्याक्टेरिया हो । माइकोप्लाज्मा निमोनी, स्ट्रेप्टोकोकस औरस, क्लेब्सिएला निमोनी, स्युडोमोनाज एरुजिनोजा क्षयरोग गराउने ब्याक्टेरिया भाइरस ः इन्फ्लुएन्जा भाईरस जसले धेरैजसो रुघाखोकी र केहिलेकाहीँ निमोनिया पनि गराउँछ ।

आरएसभी नामको भाईरस जस्ले पाँचवर्ष मुनिका बच्चाहरुमा ब्रोन्कियालाइटिस भन्ने भाइरस निमोनिया पनि गराउँछ । फन्जाई माटो तथा चराचुरुङ्गीको विष्टामा पाईने फन्जाई हिस्टोप्लाज्मोसिस, एस्पर्जिलोसिस अपेक्षाकृत रुपले नभेटिने भए पनि लामो समयदेखीका रोगी र प्रतिरोध शक्ति क्षीण भएका मानिसमा भेट्न सकिन्छ । बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र निमोनिया गराउन जीवाणु अनुसार लक्षणहरू फरक फरक हुन्छन् ।

इन्फेक्सन हुँदा बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ। कहिलेकाँही ३९ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ। छाती एकदम दुख्छ र लगातार सुख्खा खोकी लाग्छ। केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ। केही दिनपछि खकार (पहेलो० आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ। सँगगँगै बिरामीको शरीरभरि डाबर आउन थाल्छ।

बिरामीले छिटो(छिटो र छोटो छोटो सास फेर्न थाल्छ। फोक्सोका कोषहरू सुन्निएर हावा भरिने क्षेत्रहरू थुनिने हुनाले बिरामीले सास फेर्दा फोक्सो सङ्क्रमित भएको पट्ट छाती फुल्दैन। यसरी फोक्सोले पाउनुपर्ने जति अक्सिजन नपाएपछि शरीरमा पनि अक्सिजनको कमी हुन थाल्दछ र त्यसलाई पूर्ति गर्न बिरामीले छोटो(छोटो र छिटो(छिटो सास लिनुपर्ने हुन्छ। बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ।

केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ। सास फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीका खैरो रङको खकार आइरहेको छ भने बिरामीले मास्क लगाउन जरूरी छ। त्यस्तै मुख र छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ।

पर्याप्त पानी पिउनुपर्छ, ज्वरो र छातीको दुखाइका लागि औषधि लिनुपर्दछ समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा माथि उल्लेख गरिएका लक्षणहरू देखिने वित्तिकै अस्पताल जानु बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्