४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

१ भाद्र,  काठमाडौँ । जोसुवा जिरेक्सीले डेब्यु खेलमै गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।

सिजनको पहिलो खेलमा युनाइटेडले फुलहम माथि १-० गोलको जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा गएराति युनाइटेड, फुलहमसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । फुलहमका केन्नी टेटले सशक्त प्रहार गर्दै युनाइटेड गोलकिपर आन्द्रे ओनानाको परीक्षण गरेका थिए ।

त्यसपछि फुलहमका गोलकिपरले युनाइटेडका तीन प्रयासको उत्कृष्ट बचाउ गरे । बुर्नो फर्नान्डेजको प्रहारमा दुई पटक बाधक बनेका बन्ड लेनोले मेसोन माउन्टलाई पनि सफल हुन दिएनन् ।

६१ औं मिनेटमा एरिक टेन हाखले जोसुवालाई, अलेहान्द्रो गारान्चोसँगै मैदान प्रवेश गराए । दुवै टिमका लागि सुपर सब साबित भए । ब्रेक थ्रु का लागि संघर्ष गरिरहेको युनाइटेडले ८७ औं मिनेटमा अग्रता लियो ।

प्रतिक्रिया दिनुहोस्