४ आश्विन २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार समाचार

‘भ्वाइस किड्स’ सिजन-३ को ग्राण्ड फिनाले आज

१ भाद्र,  काठमाडौँ । ‘भ्वाइस किड्स’ सिजन-३ को ग्राण्ड फिनाले आज हुँदै छ । ‘भ्वाइस किड्स’को आफ्नै स्टुडियोमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। आज राती हुने फिनालेमा आठ जना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ ।

चार जना कोचका दुई/दुईजना उपाधिका लागि भिड्दैछन् । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट छन् ।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ फाइनलिस्ट छन् भने कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलमा भिड्नेछन् ।

‘भ्वाइस किड्स’को ग्राण्ड फिनाले बेलुका ८ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्