४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

शिक्षकहरुले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटेपछि…

१ भाद्र, धनगढी । कैलालीमा शिक्षकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको विषय बाहिर आएको छ।

शिक्षक वयलकोटीले हानेको लठ्ठीले विद्यार्थीको टाउकोमा गम्भिर चोट लागेपछि भारतको मूम्बइमा उपचार भइरहेको छ। सार्वजनिक स्थानमा कुटपिट गरेको सिसिटिभीमा फुटेजमा देखिएको पीडितका आफन्तले बताएका छन्। साथै उपचार खर्च सम्पूर्ण शिक्षकहरुबाट उपलब्ध गराइदिन भन्दै पीडित पक्षले उजुरीमा उल्लेख गरेका छन्।

विद्यार्थी बिरामी भएकाले उपस्थित हुन नसकेको कारण देखाउँदा शिक्षकहरुले कुटपिट गर्नुका साथै अपहेलित गरेको निवेदनमा उल्लेख छ। ‘शिक्षकहरुले एचआइभी लागेर विद्यालय नआएको हो भनेर सम्पूर्ण विद्यार्थीहरु सामु भने। शिक्षकले सबैका अगाडि यस्तो अपहेलित शब्द प्रयोग गरेका कारण विद्यार्थीलाई विद्यालय जान पनि इच्छा नभएको भन्दै प्रहरीमा उजुरी नै परेको छ।

इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ प्रहरी नायव निरीक्षक नरेश ढकालले पीडित पक्षबाट यस्तो उजुरी आएपछि सबै शिक्षकलाई बोलाएर छलफल भइरहेको बताए। सोमबार पीडित पक्षबाट ठाडो जाहेरी परेको उनले बताए। अहिले दुबै पक्षलाई राखेर छलफल भइरहेको र पीडित पक्षको धारणा अनुसार कामकारबाही अघि बढाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्