सर्पले डसेर एक आर्मी घाइते
१ भाद्र, काठमाडौँ । कैलाली अत्तरियामा सर्पले डसेर नेपाली सेना (आर्मी) का एक सिपाही घाइते घाइते भएका छन । देवीदल गणमा कार्यरत बैतडीको सिगास गाउँपालिका–९ का २२ वर्षीय प्रकाश ऐर घाइते भएका हुन ।
उनलाई सर्पले गणको कोठामै डसेको प्रहरीले जनाएको छ । घाइते भएका प्रकाशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्