३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मधुमेह भएकी महिला आईभीएफ मार्फत गर्भवती हुनसक्छिन् ?

२ भदौ, काठमाडौँ । खराब खानपान, जीवनशैली वा तनावका कारण मधुमेह लाग्न सक्छ । यस बाहेक यो वंशाणुगत कारण पनि हुन्छ । यस्तो अवस्थामा रगतमा चिनीको मात्रा बढ्छ, जसकारण विभिन्न स्वास्थ्य समस्या हुन थाल्छ ।

अहिले धेरैजसो मानिस मधुमेहबाट ग्रसित छन् । जब शरीरमा इन्सुलिन हर्मोन पर्याप्त मात्रामा उत्पादन हुँदैन वा इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन भने यस्तो अवस्थामा ग्लुकोजको मात्रा बढ्छ । यसलाई मधुमेह भनिन्छ । यसका कारण केन्द्रीय स्नायु प्रणाली, मिर्गौला आदिमा प्रतिकूल असर पर्न सक्छ ।

यति मात्र होइन, मधुमेहले प्रजनन् क्षमतामा पनि असर गर्छ । यस्तो अवस्थामा मधुमेहबाट पीडित महिलालाई गर्भधारण गर्न गाह्रो हुन्छ । त्यसपछि जब उनीहरूले स्वाभाविक रूपमा बच्चा जन्माउन सक्दैनन्, धेरै जोडीहरूले आईभीएफ (कृत्रिम गर्भाधान) को सहारा लिनुपर्ने हुन्छ । तर के मधुमेहबाट पीडित महिलाले गर्भधारणका लागि आईभीएफ अनिवार्य नै छ । मधुमेह भएका महिलाहरूमा आईभीएफको सफलता दर कति छ ?

मधुमेहले प्रजनन क्षमतालाई असर गर्छ ?

मधुमेहले समग्र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । मधुमेह पनि बाँझोपनको प्रमुख कारण हो । खास गरी महिलाको कुरा गर्ने हो भने मधुमेहका कारण उनीहरूको महिनावारी गडबड हुन थाल्छ, जसकारण महिलालाई गर्भधारण गर्न कठिनाइ हुनसक्छ ।

मधुमेह भएका महिला आईभीएफ मार्फत गर्भवती हुनसक्छन् ?

यदि कुनै महिलालाई मधुमेह छ र प्राकृतिक रुपमा गर्भधारण भइरहेको छैन भने यस्तो अवस्थामा आईभीएफ गर्न सकिन्छ । मधुमेहबाट पीडित महिलाका लागि आईभीएफ एक वरदान जस्तै भएको छ ।

जब मधुमेहबाट पीडित महिलाका लागि आईभीएफ गरिन्छ । यसका लागि प्रक्रिया सामान्य नै हुन्छ । यसमा डिम्ब र शुक्रकीटबीच प्रयोगशालामा निषेचन गराएर भ्रूण बनाइन्छ । यो भ्रूणपछि पाठेघरमा स्थानान्तरण गरिन्छ र केही दिनपछि गर्भावस्था परीक्षण गरिन्छ ।

मधुमेह भएका महिलामा आईभीएफको सफलता दर कति छ ?

मधुमेहबाट पीडित महिलामा आईभीएफ सफल हुनसक्छ । तर यसको सफलताको दर पूर्णतया प्रभावित महिलाको मधुमेह नियन्त्रणमा छ कि छैन, स्वास्थ्य र खानपानमा निर्भर हुन्छ । त्यसैले यदि कसैलाई मधुमेह छ र आईभीएफलाई सफल बनाउनु छ भने चिकित्सकले दिएका सबै निर्देशन पालना गर्नुपर्छ । यदि सुगरको मात्रा बढी छ भने यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ ।

मधुमेह भएका महिलाले ईभीएफ गर्दा के गर्नुपर्छ ?

– समय-समयमा आफ्नो रगतमा सुगर लेबल कति छ भनेर जाँच गरिरहनुपर्छ ।

– सुगरको मात्रा नियन्त्रणमा राख्न स्वास्थ्य र सन्तुलित आहार खानुपर्छ ।

– मधुमेहका कारण हुने समस्याबाट बच्न समय-समयमा सम्पूर्ण स्वास्थ्य जाँच पनि गर्नुपर्छ ।

– टाइप-२ मधुमेह भएका महिलाले इन्सुलिन लिइरहनुपर्छ ।

मधुमेह भएका महिलाले ईभीएफ गर्दा के गर्नु हुँदैन ?

– मधुमेह भएका महिलाले तनाव लिनु हुँदैन । तनावले ब्लड सुगरलाई बढाउन सक्छ ।

– धुम्रपान र मदिरा सेवनबाट बच्नुपर्छ ।

– मधुमेहका औषधिहरू छाड्नु हुँदैन ।

– फास्टफुड र प्रशोधित खाना खानु हुँदैन ।

– मधुमेह भएका महिलाले यी सावधानी अपनाउनुपर्छ ।

– खानपानमा विशेष ध्यान दिनुपर्छ ।

– दैनिक हल्का व्यायाम र योग गर्न सकिन्छ ।

– ध्यान र प्राणायाम गर्न सकिन्छ ।

– आईभीएफ प्रक्रियाको क्रममा डाक्टरले भनेका सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।

– रगतमा सुगरको मात्रा नियन्त्रणमा राख्ने प्रयास गर्ने ।

– चिकित्सकले बोलाएको समयमा फलोअपको लागि अस्पताल जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्