धनगढीमा गौरा महोत्सव हुँदै
२ भदौ, धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको हो। धनगढी उपमहानगरपालिका–१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले बताए।
डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७ हजार ७ सय ७७, तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वनावाफत ३ हजार ३ सय ३३ नगदसहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले बताए।
प्रतिक्रिया दिनुहोस्