कुलमानविरुद्धको उजुरीले रमेश खरेललाई ‘ब्याकफायर’
३ भाद्र, काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको उजुरीले पूर्वडिआइजी रमेश खरेल आफैं बदनाम भएका छन् । सो उजुरीपछि खरेलको चौतर्फी आलोचना मात्र भएको छैन उनीविरुद्ध नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
अवकाशपछि मातृभुमी पार्टी खोलेका खरेलले पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गरेका थिए । गत वर्षको उपनिर्वाचनमा रास्वपाबाट बारामा चुनाव समेत लडे । तर, पराजित भएका उनी पछिल्लो समय रास्वपाबाट अलग्गिएका छन् । एक टेलिभिजनमा कार्यक्रम चलाउने उनी भ्रष्टाचारविरोधी अभियानमा लागेका छन् । आफ्नो कार्यक्रममा पनि उनले कुलमानले ठेक्कापट्टामा अनियमितता गरेको विवरण सार्वजनिक गरेका थिए । अहिले उद्योगीहरुको बक्यौताको विवाद चलिरहेका बेला घिसिङविरुद्ध उजुरी हालेपछि उनको सार्वजनिक छवीमा क्षती पुगेको छ ।
खरेललाई नजिकबाट चिन्नेहरु उनी आफैं खराब व्यक्ति नभएको तर एकतर्फी कुरा सुनेर निर्णय गर्ने व्यक्ति भएको बताउँछन् । कुलमान प्रकरणमा पनि वास्तविकता नबुझी एकपक्षीय कुरा सुनेर उनीविरुद्ध लागेको हुनसक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्