४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

३ भाद्र, काठमाडौँ । ललितपुरको बंगलामुखी मन्दिर नजिकै एक घरमा आज बिहान आगलागी भएको छ ।

ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।

आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हाछेथुको भनाई छ ।

आगलागी ३० जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

विस्तृत विवरण भने खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्