३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री एस जयशङ्करबिच भेटवार्ता

३ भदौ ,काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । मन्त्री भएपछि डा.राणा पहिलो पटक विदेश भ्रमणमा निस्किएकी हुन् ।

दिउँसो भएको भेटका क्रममा जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए । भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।

भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो ।  राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छन् ।

प्रतिक्रिया दिनुहोस्