के छ पहिरोले थुनिएको इन्द्रावतीको बहावको अवस्था ?
४ भाद्र , काठमाडौं । पहिरोले केही भाग थुनिएको इन्द्रावती नदीको बहाव क्रमशः सामान्य अवस्थामा फर्किने क्रममा रहेको छ । पानीले नदीमा खसेको माटो बगाएर लगिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए ।
“नदीको एक छेउमा खसेको पहिरो पानीले बगाउँदै लगेको छ । पानीले माटो बगाएर लैजाँदा अब केही समयमै नदीको बहाव सामान्य अवस्थामा फर्किनेछ,” डीएसपी भट्टराईले भने, “थप पहिरो गएन भने कुनै पनि खतराको अवस्था छैन । डराउनु पर्ने अवस्था छैन ।”
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तिपेनीमा सोमबार दिउँसो खसेको पहिरोका कारण इन्द्रावती नदीको बहाब कम भएको थियो
प्रतिक्रिया दिनुहोस्