३१ भाद्र २०८१, सोमबार
अन्तराष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

४ भदौ, काठमाडौं । जापानको प्रशिद्ध हिमाल फुजी सानको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज जापानको कार्य समितिको टोलीले जापानको अग्लो हिमाल फुजी सानको सफलतापूर्वक आरोहण सम्पन्न गर्दै राष्ट्रिय झण्डा फहराएको हो ।

नेपाली समाज जापानको अध्यक्ष शिशिर निङ्लेकु लिम्बूको नेतृत्वको टोलीले आइतबार आरोहण सम्पन्न गरको हो । टोलीले नेपालको राष्ट्रिय झण्डाका साथै पार्टीको ब्यानरसमेत टाकुरामा पुर्याएको थियो ।

टोलीमा सो समितिका इन्चार्ज सञ्जीव राई, सचिव दीप लिम्बूलगायतको टोली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्