१२ मंसिर २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले मनाए गाईजात्रा

४ भदौ, काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनिआफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रापर्व मनाएकाछन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्थानील हिरा समाजले २१औँ नेपालगौरव यात्रा तथा गाईजात्रा देशभर बाट समूदायका व्यक्तिहरु भेलाभएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि भेलाभई गौरव यात्रा गरेका हुन् ।

गौरव यात्रामा सहभागी भई महिला तथा बालबालिका मन्त्री नवलकिशोर सुडीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हक अधिकारको सवालमा आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । उनले लैङ्गक अल्पसंख्यक समूदायको सम्पूर्णको अधिकारको लडाइमा सरकारको समर्थन गरेको विश्वास दिलाए ।

उनले भने,‘यो समुदाको जुन अधिकार छ त्यो त्यसका लागि मैंले जे जति सहयोग गर्नुपर्छ त्यसका लागि सरकारको तर्फबाट पुरा गर्ने आश्वासन दिन चाहन्छु । अधिकारको लडाईमा सरकार साथमा छ ।’

त्यस्तै नील हिरा समाजकी अध्यक्षपिंकी गुरुङ्गले आफ्नो समुदायको व्यक्तिहरु दिवङ्गत हुँदा सम्म उनीहरुको परिवारहरुले नहेर्ने अवस्था रहेको भन्दै नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवङ्गत हुँदा श्रद्धा सुमनस्वरुप घरबाट गाई जात्रा निकाले जस्तै आफ्नो समुदायको दिवङ्गतहरुको श्रद्धा सुमनको लागि गाई जात्रा मनाउन सुरु गरेको जानकारी दिइन् ।

उनले भनिन्,‘समुदायको साथीहरु धेरै दिवङ्गत हुनुभयो । तर उहाँहरुको आफ्नै परिवारले पनि दाह संस्कार गर्न मान्नुभएन। त्यसैले नेपालमा नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवङ्गत हुँदा श्रद्धा सुमनस्वरुप  घरबाट गाईजात्रा निकाल्नुहुन्छ  त्यसरी समुदायका साथीहरु धेरै दिवङ्गत भएपछि समुदायले नसझिएपछि संस्थाले सम्झनुपर्छ भनेर गाईजात्रा मनाउन थालेका हौं ।’

गौरव यात्रा वसन्तपुर डबलीमा दिवङ्गत व्यक्ति र नायकहरूको जीवनको सम्झनामा मैनबत्तीबालेर समापन भएको छ । गाईजात्रामा मौलिकपोसाक, संस्कृती, बाजा गाजा सहित उनीहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्