४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

जब लेदोसहितको बाढीमा फस्यो बस

४ भदौ, गुल्मी । गुल्मीमा लेदोसहितको बाढीमा बस फसेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रुरुक्षेत्र गाउँपालिका-१ रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले लु१ख ५९२० नम्बरको यात्रुवाहक बसको केही भाग पुरेको हो ।

सबै यात्रु बसबाट सकुल बाहिर निस्किएका छन् । सडक स्तरोन्नतिको काम भइरहेकोले अहिले वर्षाको समयमा हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । सुरक्षाकर्मीको टोली पुगेर बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्