४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कैलालीमा फरार रहेका चार युवक पक्राउ

४ भदौ, धनगढी । कैलालीमा प्रहीले चार जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले फरार रहेका चार जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा २९ दिन कैद सजाय भएका धनगढी उपमहानगरपालिका-४ बस्ने २६ वर्षका विजय कुमार नेपाली, धनगढी-३ बस्ने २८ वर्षका प्रज्वल न्यौपाने, चोरी मुद्दामा २५ दिन कैद सजाय भएका धनगढी-४ बस्ने २३ वर्षका सुविन भन्ने सुरविर डगौरा र २१ वर्षका राज चौधरी भन्ने राज सिंह रहेका प्रहरीले बताएको छ ।

चारै जनालाई उनीहरुकै घर ठेगानाबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्