४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

दार्चुलामा जिप दुर्घटना

५ भदौ,दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । महाकाली नगरपालिका-८ धौकोट सडक खण्डमा बुधबार दिउँसो जिप दुर्घटना भएको हो ।

जिल्ला सदरमुकाम खलंगाबाट धौकोटका लागि छुटेको म१ज २३९ नम्बरको बोलेरो जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार जिपमा ६ जना सवार रहेकामा दुई जना धौकोट बस्ने ६८ वर्षीया कुडा देवी रैखोला र ५० वर्षीय कम्मानसिंह भाट घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।

उकालो कच्ची सडकमा ब्रेकले काम नगर्दा जपि पल्टिएको प्रहरीले जनाएको छ । २८ वर्षीय गाडी चालक सुरेश सिह धामीलाई सोधपुछका लागि जिल्ला ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्