अस्पतालको शौचालयमा भेटियो नवजात शिशु
५ भाद्र २, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ ।
बुधबार अस्पतालभित्रको प्रसूति वार्डमा रहेको शौचालयमा मृत शिशु (छोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले शिशु कसको हो भन्नेबारे अनुसन्धान थालिएको जानकारी दिए ।
उनका अनुसार अस्पतालमा प्रसूतिका लागि भर्ना भएकाहरूको विवरण संकलन गरेर अनुसन्धान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्