इनार सफा गर्दा डुबेर दुई जनाको मृत्यु
६ भाद्र, रुपन्देही । दाङको तुलसीपुरमा इनार सफाई गर्दा डुबेर दुई जनाको मृत्यु भएको छ ।
बुधबार तुलसीपुर उपमहानगरपालिका–१३, दमार गाउँका ३८ वर्षीय यामबहादुर नेपाली र १७ वर्षीय मुकेश विक स्थानीय दुर्गा विकको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको हो ।
इनारबाट उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्