३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते

६ भाद्र, बैतडी । बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक÷एक जना घाइते भएका हुन् ।

बुधबार दशरथचन्द नगरपालिका २ मगराउँकी ३५ बर्षीया भावना बोहरा, मेलौली नगरपालिका ३ बागगोठका १८ बर्षीय धिरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका ४ विनायककी ३० बर्षीया धौली चन्द सर्पको टोकाइबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बोहरालाइ घर नजिकैको मकैबारीमा घाँस काटीरहेका बेला सर्पले टोकेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् ।

यस्तै मेलौली नगरपालिका ३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडीरहेका बेला बुधबार दिउँसो सर्पले टोकेको थियो ।

यस्तै पञ्चेश्वर गाउँपालिका ४ विनायककी चन्दलाई बुधबार दिउँसो खेतबारीमा घाँस काटीरहेका बेला सर्पले टोकेको थियो ।

ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्