४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा बाढीको बितण्डा, हजारौँ घरमा बाढी, घर भत्केपछि नागरिकको सडकमा बास

६ भाद्र,  धनगढी । तिन दिनदेखीको अबिरल बर्षाका कारण कैलालीका करिब ५ हजार घर डुवानमा परेका छन् । जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाका अधिकासं घर डुवानमा परेका छन् । डुवानका कारण घरभित्रको खाद्यान्न समेत बगाएपछि बिद्यालय तथा सार्वजनिक स्थानमा बसिरहेका उनिहरुलाई दिनचर्या चलाउनै मुस्किल परेको छ ।

कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । नौ वडा रहेको जिल्लाको दक्षिण पूर्वी पालिकाको रुपमा रहेको भजनी नगरपालिकाको मात्रै ५ हजार घरधुरी डुबानमा परेको हो । नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउँ डुबानमा परेका छन् । बिहीबार विहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि ५ हजार घरधुरी डुबानमा परेका हुन् । यस्तै कैलारी गाउँपालिकाका ४ सय ९५ घर डुवानमा परेका छन् ।

प्रभावितमध्ये कैलारी गाउँपालिका –५ बन्दरगौढीको पाँच परिवारका १० जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात बिताएका छन् । डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ । गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ । डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएकोे कैलारी गाउँपालिका ५ का रामआश्र चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्