३१ भाद्र २०८१, सोमबार
अर्थ कर्णाली मुख्‍य समाचार राजनीति समाचार समाज

सामाजिक विकास कार्यालय मुगुले सार्वजनिक गर्यो वार्षिक कार्यक्रम

मुगु । सामाजिक विकास कार्यालय मुगुले आ.व २०८१/०८२ को वार्षिक कार्यक्रम सावजनिक गरेको छ ।

जिल्लामा रहेका सरोकारवाला निकायहरुका बीच सार्वजनिक कार्यक्रम गरी बार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

सामाजिक विकास कार्यालय मुगुले वार्षिक कार्यक्रमका रुपमा शिक्षा क्षेत्रको अनुगमन, विद्यालय भवन, पर्खाल निर्माण गर्ने, रंगशाला, अनुगमन, सीपमूलक, धार्मिक, सांस्कृतिक, महिला, बालबालिका, खेलकुदलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको आएको छ ।

आवको पँुजी गत वर्ष पाँच करोड ७५ लाख र चालुतर्फ एक करोड ९६ लाख गरी सात करोड ५० लाख भन्दा बढी रकम विनियोजित भई आएको छ ।

कार्यक्रममा सामाजिक विकास कार्यालय मुगुका कार्यालय प्रमुख टोप बहादुर बुढाले सकारात्मक र रचनात्मक सुझावहरुलाई कार्यान्वयनमा लिइ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यालय प्रमुख बुढाका अनुसार विषेशगरी जिल्लामा आवश्यकता अनुसार माग भएका कार्यक्रमहरु नभइ प्रदेश कार्यालयबाट राजनीतिक र अन्य बिभिन्न निकायहरुबाट प्राथमिकता पाएका कार्यक्रम आएको हुँदा कार्यान्वयनमा समस्या आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्