४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

टीकापुरलाई छुट्टै जिल्ला बनाउने रेशम चौधरीको उद्घोष

७ भाद्र, टीकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले कैलालीको टीकापुरलाई छु्ट्टै जिल्ला बनाउने उद्घोष गरेका छन् । शुक्रबार नाउपाले आयोजना गरेको टीकापुर विद्रोह दिवसलाई सम्बोधन गर्दै उनले टीकापुर जिल्ला बनाउने आफ्नो पाइला कसैले पनि रोक्न नसक्ने बताए । उनले टीकापुर जिल्ला बनाउन स्वर्गीय खड्क बहादुर सिंहको योजनामा आफू हिँडिरहँदा अनेक षड्यन्त्र गरिएको उनको भनाइ छ ।

‘टीकापुर जिल्ला बनाउने स्वर्गीय खड्क बहादुर सिंहको योजनामा रेशम चौधरीले पैँताला टेक्दैथियो । २०२७ सालमा घोषणा हुनैलागेको टीकापुर जिल्लाबाट सधैं अरु मान्छेहरु त्रस्त भइरहे । रेशम चौधरीले टेकेको पैँतालामा टिकापुर जिल्ला बनिहाल्छ कि भन्ने उत्तर, दक्षिण, पूर्व, पश्चिमका अन्य साथीहरुलाई ठूलो डर थियो । यो मञ्चबाट आज म उद्घोष गर्दैछु, टीकापुर जिल्ला एक बन्छ, दुई बन्छ, तीन बन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्