४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

बुन्डेस लिग: डिफेन्डिङ च्याम्पियन लेभरकुसनको विजयी सुरुवात

८ भाद्र, काठमाडौं । जर्मनीको डिफेन्डिङ बुन्डेस लिग च्याम्पियन लेभरकुसनले नयाँ सिजनको पहिलो खेलमा विजयी सुरुवात गरेको छ ।

लिगको पहिलो खेलमा ब्रोईसिया डटमनलाई ३-२ गोलअन्तरले पराजित गर्दै आफ्नो च्याम्पियन शैली पेश गरेको छ ।

गत सिजनमा लिग जितेर सनसनी मच्याएको लेभरकुसनले नयाँ सिजनको पहिलो खेलमा जितको रेकर्डलाई निरन्तरता दिएको छ । अघिल्लो सिजनमा अपराजित रहदै लिग जितेको लेभरकुसनले यो पटक पनि स्वभाविक सुरुवात गरेको हो ।

ग्रानिट झाका र फ्लोरियन विर्ट्जले १२ र २९ औं मिनेटमा गोल गर्दै लेभरकुसनलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।
तर दोश्रो हाफमा डटमन खेलमा फर्कियो ।

उस्को लागि निको एल्भेदीले ५९ औं मिनेट र टिम क्लाइन्डिएन्स्टले ८५ औं मिनेटमा गोल गरेपछि खेल बराबरी तर्फ लम्किएको थियो । तर लेभरकुसनले इज्युरी समयको ११ औं मिनेटमा विर्ट्ज मार्फत गोल गर्दै अपराजित लिगको दौड ३५ खेलमा पुर्याए।

प्रतिक्रिया दिनुहोस्