४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

भारतमा पहिरोमा परि मृत्यु भएका ३ जनाको शव नेपाल ल्याईयो

८ भाद्र, कञ्चनपुर । भारतमा पहिरोमा परि मृत्यु भएका ३ जना नेपालीको शव नेपाल ल्याईएको छ । भारतको उत्तराखण्डस्थित केदारनाथ नजिकै गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको हो ।

उनिहरुको शव शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै नेपालस्थित घरतर्फ लगिएको छ । मृतक तुलबहादुरका भान्जा गोपाल परियारले शुक्रबार नै बद्रीनाथबाट हिँडेको भएपनि बाटो खराब भएका कारण समय धेरै लागेको बताए । पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको गोपालले बताए ।

बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो । उनीहरु बस्दै गरेको सडक छेउको छाप्रो पहिरोले पुरेको थियो । मृतक चारै जनाको बद्रीनाथस्थित सरकारी अस्पतालमा पोष्टमार्टम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्