४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

८ भाद्र, कञ्चनपुर ।  कैलालीको धनगढीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – १० का राजु रानाका छोरा ३ वर्षीय आर्यन रानाको घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर शुक्रवार मृत्यु भएको हो ।

पानीमा डुबेर घाइते भएका आर्यनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्